पेरुमा समुदायस्तरमै फैलियाे मंकीपक्स

लिमा । पेरुमा मंकीपक्सको संक्रमण समुदाय स्तरमै फैलिएको पाइएको छ । यहाँको राष्ट्रिय स्वास्थ्य विभागका प्रमुख भिक्टर सुआरेजले सो कुराको जानकारी दिएका छन् ।

उनले पेरुमा अहिलेसम्म दुई सय ३ जनामा यो संक्रमण पाइएको भन्दै यो संक्रमण समुदाय स्तरमा नै फैलिएको पाइएको बताएका छन् ।

यहाँ देखिएका यी सङ्क्रमितहरू अधिकांश पेरुको राजधानी शहर लिमाका छन् । त्यस्तै लिमाका छिमेकी प्रान्त कल्लाओका रहेका सुआरेजले जनाएका छन् । पेरुको सरकारले मंकीपक्सको परीक्षणका लागि अलग्गै ल्याबको स्थापना गरेको छ र यसको संक्रमणसम्बन्धी सूचना दिने पनि अलग्गै संयन्त्र राखिएको छ ।

सो संयन्त्रअनुरुप मंकीपक्ससम्बन्धी परीक्षणको नतिजा २४ घन्टा भित्रै दिने गरिएको उनले बताएका छन् । यो संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ ।

स्वास्थ्यमन्त्री जोर्ग लोपेजले पत्रकारहरूलाई बताएअनुसार ती सङ्क्रमितहरूमध्ये अधिकांश ३२ देखि ३७ वर्षको उमेर समूहका रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको पाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *