‘जबज’ विश्वव्यापीरूपमा लागू गर्न सक्दैनाैँ : ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनताको बहुदलीय जनवाद’ विश्वव्यापी रूपमा लागू गर्न नसक्ने बताएका छन् ।

मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बाेल्दै उनले जबज अरू देशमा लागू गर्ने सामर्थ्य आफूहरूसँग नरहेको बताएका हुन् ।

उनले भने, ‘जबज विश्वव्यापी रुपमा हामी लागू गर्न सक्दैनौँ तर नेपालमा सक्छौँ । अन्यत्र गएर लागू गर्न सक्दैनौँ । यसको सहीपना, सफलताको अवश्यम्भावीतालाई बुझे अरूले पनि लागू गर्न सक्लान् । हामीले हाम्रो कार्यक्षेत्रमा त्यसलाई लागू गर्ने हो ।’

त्यस्तै, ओलीले मदन भण्डारीले मेराे देश कहाँनेर छ, कस्ताे छ, समस्या के छन् भनेर त्यसकाे निदान हुनेगरी देशकाे प्राेफाइल तयार पारेकाे बताए । उनले भने, ‘उहाँले आफू, आफ्ना संघर्ष, आफ्ना भोगाइ र आफ्नो देशको प्रोफाइल तयार गर्नुभयो । मेरो देश कहाँनिर छ, कस्तो छ, समस्या के छ भनेर पहिचान गरी त्यसको निदान गर्नुभयो ।’

कतिपयले जबजलाई त्यतिबेलाको संकटमोचन भन्नेमात्र ठानेको पनि ओलीको टिप्पणी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *