प्रत्येक नेपालीको भागमा ६३ हजार सार्वजनिक ऋण

काठमाडौँ । नेपालको सार्वजनिक ऋण बढेर हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ पुगेको छ ।

नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेसँगै हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । यसलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ६३ हजार ३१० रुपैयाँ पर्न जान्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *