नीति तथा कार्यक्रम गन्तव्यहीन छ : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले संसद्मा ल्याएको नीति तथा कार्यक्रम जस्तै गन्तव्यहीन रहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

गठबन्धन सरकारको कारणले मुलुक र जनतामाथि गम्भीर धोका भएको उनको आरोप छ । ‘ओली सरकारलाई षडयन्त्र गरेर हटाएर गठबन्धन सरकार बनेको हो । गठबन्धन सरकारको कारणले मुलुक र जनतामा धोका भएको छ,’ उनले भने, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रमले पनि गठबन्धन सरकार जस्तै गन्तव्यहीन छ। इतिहासकै सबैभन्दा कमजोर मुलुकको समस्या नचिनेको छ।’

उपाध्यक्ष पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संसद्मा छलफल गरेर संसद्को समय मात्रै बर्बाद भएको आरोप लगाए । देशको अर्थतन्त्र सङ्कटमा रहेको बेलामा नीति तथा कार्यक्रम त्यसतर्फ बेखबर रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *