आसन्न एन्फा चुनावमा कर्मा छिरिङले उम्मेदवारी दिने

काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाको वर्तमान अध्यक्ष समेत रहेका शेर्पाले असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । शेर्पा चार वर्षअघि अत्याधिक बहुमत सहित एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । उम्मेदवारी घोषणा गर्दै शेर्पाले चार वर्षमा चाहेजति गर्न नसकेको बताइ ।

कोरोना महामारीका बेला ठप्प बनेको फुटबल क्षेत्रलाई केहि चलायमान गराउन आफुले प्रयास गरेको उहाको भनाई छ । उनले फुटबललाई नीतिगत रूपमा अघि बढाउने काम चार वर्षमा भएको दावी गरे । पहिलो कार्यकालमा धेरै कामहरू सुरु भएको र ती कामहरूलाई पुर्णता दिएर नेपाली फुटबललाई अझैँ माथि पु¥याउन पनि फेरि उम्मेदवारी दिन लागेको उनले बताए । उनले एन्फामा खेलाडीहरूको तलब बृद्धिको काम भएको, खेलाडीहरूलाई उपचार लगाएतका विभिन्न सुविधाहरू उपलब्ध गराएको पनि बताए । शेर्पाले आफू निर्वाचित भएर आएमा एन्फालाई डिजिटल प्रविधिमा लैजाने घोषणा गरे ।

यस्तै, शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठ रहेका छन् । सदस्यमा दिपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ,रमेश ब्यन्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *