माधव नेपालले दिए आयोगलाई धन्यवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आमजनताको उत्साहजनक सहभागिता र शान्तिपूर्ण तरिकाले सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् ।

उनले हिजो एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीसम्बद्ध सबैलाई पार्टीका तर्फबाट धन्यवाद दिएका हुन् । देशभर ७५३ स्थानीय तहका साथै छ हजार ७४३ वडामा शुक्रबार भएको निर्वाचनमा एक करोड ७७ लाख मतदातामध्ये करिव ६४ प्रतिशतले मतदान गरेका थिए ।

विभिन्न १६ जिल्लाका २८ पालिकाको ४३ मतदानस्थल र ७७ मतदान केन्द्रमा निर्वाचन स्थगन भएकाले पुनः मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *