थप ७ जनामा कोरोना संक्रमण, १६ निकाे

२०७९ वैशाख ३० गते

काठमाडाैँ । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार १ सय ४८ पिसिआर परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२ सय ८९ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन ।
त्यस्तै, थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ७३ जना निको भएका छन् ।
हाल नेपालमा १ सय ६४ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित