मतदान गरेपछि बेहोस भएका बृद्धको मृत्यु

२०७९ वैशाख ३० गते

बैतडी । बैतडीमा मतदान गरेर फर्केने क्रममा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मतदान गरेर बाहिर निस्केपछि बेहोस् भएर मृत्यु भएको हो ।
भाट शुक्रबार बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला बेहोस् भएका थिए । बेहोस् भएका उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित