भरतपुरको चुनावी सभामा शेखर कोइराला नजाने

काठमाडौँ । सत्तारुढ पाँचदलीय गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको चुनावी सभामा कांग्रेस नेता डा. शेखर कोइराला नजाने भएका छन् । उनी सभामा सहभागी हुने भनिएपछि पूर्व निर्धारित चुनावी कार्यक्रमहरूमा व्यस्त भएकाले भरतपुर नजाने भएका हुन् ।

नेता कोइराला भरतपुर नजाने उनका स्वकीय सचिव दिनेश थपलियाले पुष्टि गरे । ‘डा. साबलाई बिहीबार बिहान मात्रै भरतपुर जानुपर्‍यो भन्ने खबर आयो तर चुनावका बेलाको एकदमै व्यस्त पूर्व निर्धारित कार्यतालिकाका कारण उहाँ जान भ्याउनु हुन्न,’ थपलियाले भने, ‘उहाँ दिनभरि नै विराटनगर आसपासका क्षेत्रमा व्यस्त हुनुहुन्छ ।’

सत्ता गठबन्धनबाट भरतपुर महानगरको मेयरमा उम्मेदवारी दिएकी रेणु दाहालका समर्थकहरूले भने बिहीबारको चुनावी सभालाई शेखरले सम्बोधन गर्ने भनेर प्रचारप्रसार गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *