बालेनप्रति स्थापितकाे कटाक्ष- जे पनि गर्ने अनि ‘र्याप’ भन्ने ? (भिडिओसहित)

२०७९ वैशाख २० गते

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकामा एमालेका तर्फबाट मेयरकाे उम्मेदवार बनेका केशव स्थापितले अर्का स्वत्नत्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन्द्र’लाई ‘ठग’ भएकाे आराेप लगाएका छन् । मंगलबार काठमाडाैँमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै स्थापितले यस्ताे बताएका हुन् । बालेनप्रति कटाक्ष गर्दै उनले भने, ‘भन्ने बेलामाचाहिँ जे पनि भन्ने अनि भन्दाचाहिँ र्याप भन्ने ?’
उनले चाहेकाे खण्डमा बाेलकाे पक्षमा एक मत पनि नखस्ने बनाउन सक्ने दाबी गरे । तर, आफूले अपराध नगर्ने भन्दै थपे, ‘आचारसंहिताले दिँदैन । त्यसैले भनेकाे मैले ठग नगर है भनेर । यस्ताे चल्दैन काठमाडाैँमा चाहिँ । कहीँ गाउँ गएर ठग्न पाइन्छ हाेला । तर काठमाडाैँमा यस्ताे चल्दैन । काठमाडाैँमा हात-हातमा माेबाइल छ र पनि ठग्न खाेज्नेलाई ठग नभनेर के भन्ने ?’

२०७९ वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित