अन्तत: बन्द भयो वेबसाइट र्‍याङ्किङ गर्ने ‘एलेक्सा’

काठमाडौँ । वेबसाइटहरूलाई र्‍याङ्किङ गर्ने एलेक्साको विश्वव्यापी प्लेटफर्म ‘एलेक्जा’ औपचारिक रूपमा बन्द भएको छ । आइतबार अमेजनले आफ्नो सहायक कम्पनी एलेक्सा बन्द भएको घोषणा गरेको हो ।

विगत २५ वर्षदेखि सञ्चालनमा रहेको एलेक्साले वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरूको मापन गर्ने गरेको थियो । यसले कुन देशमा कुन वेबसाइट कति औँ नम्बरमा छ, विश्वमा कति स्थानमा छ भन्ने जानकारी समेत दिने गरेको थियो ।

त्यस्तै, एलेक्साले वेबसाइटहरूको एसईओ, अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटा र तिनीहरूको तुलनात्मक समीक्षा समेत गर्दै आएको थियो ।

एलेक्सा बन्द भएसँगै अब प्रयोक्ताले यसले दिने सेवाहरूको वैकल्पिक बाटो पहिल्याउनु पर्ने भएको छ । यद्यपि ब्राउजरमा भएको एक्टेन्सनले डिसेम्बर २०२२ सम्म सेवा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । एलेक्सा किन बन्द भयो भन्नेबारे कम्पनीले केही नबताए पनि साइटमा सेवा बन्द भएको उल्लेख गरेको छ ।

‘हामीले एलेक्जा डटकमलाई मे १, २०२२ देखि बन्द गरेका छौँ । दुई दशकभन्दा बढी समयसम्म तपाईँलाई आफ्नो डिजिटल दर्शकहरू पहिल्याउन, उनीहरूसम्म पुग्न र रूपान्तरण गर्नमा मद्दत गरेपछि हामीले एलेक्जा बन्द गर्ने निर्णय गरेका छौँ । तपाईँहरूले अनुसन्धान, आफ्नो प्रतिस्पर्धी विश्लेषण गर्न, किबोर्ड रिसर्च र अन्य थुप्रै कुराका लागि एलेक्सा प्रयोग गर्नुभएकोमा धन्यवाद । एलेक्जा डटकम बन्द भएपनि तपाईँको ब्राउजर एक्सटेन्सनले डिसेम्बर २०२२ सम्म एलेक्जा ट्राफिक र्‍याङ्कहरू उपलब्ध गराएर सेवा दिइरहनेछ,‘ कम्पनीको सूचनामा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *