गौतमबुद्ध विमानस्थलमा वाइडबडी जहाज सफल अवतरण


काठमाडाैँ । गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक वाइडबडी जहाजले परीक्षण उडान गरेको छ । बिहीबार साँझ वाइडबडी ए–३३० जहाजले सफल अवतरण भरेकाे हाे । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमकाे वाइडबडी जहाज साँझ ५:५५ बजे अवतरण गरेको हाे ।
काठमाडाैँबाट उडेकाे ५० मिनेटमा उक्त विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकाे हाे । विमानस्थलको नयाँ धावनमार्ग अघिल्लो हप्तादेखि सञ्चालनमा आएकाे हाे । पुरानो धावन मार्गलाई ट्याक्सी पार्किङको रूपमा प्रयाेग गरिएकाे छ । अहिले आन्तारिक तर्फबाट उडानहरू नयाँ धावनमार्गबाटै भइरहेका छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत बैशाख ८ गतेदेखि विधिवतरूपमा सञ्चालनमा आइसकेको छ । यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । जजिराले आउँदो जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिएको हो । उसले सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ । त्यस्तै यस्तै अन्य वायुसेवा कम्पनीहरूले पनि चासो देखाइरहेको विमानस्थल प्राधिकरणले जनाएको छ ।
