थप १५ जनामा कोरोना संक्रमण, १८ निकाे

काठमाडाैँ । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ८ सय ८२ पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, ९ सय ९३ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ९३ जना निको भएका छन् ।

हाल नेपालमा २ सय ४९ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *