यसरी टुङ्गियाे गठबन्धनकाे भरतपुर बाँडफाँट, प्रचण्डकाे वडा कांग्रेसलाई


भरतपुर । पाँदलीय सत्तारुढ गठबन्धनले भरतपुर महानगरपालिकामा बाँडफाँट टुङ्ग्याएकाे छ । महानगर भागबन्डमा माओवादी केन्द्रकाे भागमा परेकाे भरतपुरमा वडाहरूमा गठबन्धनले बाँडफाँट टुङ्ग्याएकाे हाे ।
सहमतिअनुसार नेतृत्व गर्ने जिम्मा पाएकाे माओवादी केन्द्रले यहाँ ५ वटा वडा लिँदैछ भने नेपाली कांग्रेसले २० वटा वडा लिँदैछ । यहाँ नेपाली कांग्रेसका नेताहरूले माओवादीलाई मेयर दिन नहुने भन्दै विराेधमा उत्रिएका छन् । तर केन्द्रीय महानगर बाँडफाँटमा याे माओवादी केन्द्रकाे भागमा परेकाे हाे । यहाँ अहिले पनि माओवादी केन्द्रकै सरकार छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेणु दाहाल मेयर रहेकाे यहाँ पुन: उनी नै दाेहाेरिने पक्कापक्कीजस्तै भएकाे छ ।
प्रचण्डकाे वडा नं. १४ हाे जुन कांग्रेसले लिने भएकाे छ । यस्तै एकीकृत समाजवादीले ३ वटा वडा लिँदैछ ।
कांग्रेसले १,२,३,४,५,६,७,८,१०,१४,१५,१६,१७,१८,१९,२०,२१,२३,२७,२९ मा अध्यक्ष लिने भएको छ । त्यस्तै माओवादीले ११,१३,२४,२५,२८ नम्बर वडा अध्यक्षको उम्मेदवार लिनेछ भने नेकपा एसले ९, १२ र २२ नम्बर वडामा भाग पाउने भएको छ ।
२६ नम्बर वडामा भने कुरा मिलिसकेकाे छैन । त्यसमा पनि कांग्रेसले नै दाबी गरिरहेकाे छ ।
