थप ३१८ जनामा काेराेना संक्रमण, १ काे मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ७४३ नमुना परीक्षण गरिएको थियो । ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र दुई हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्‍यु भएको छ भने ५६२ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

हाल देशभर ९ हजार ६७८ संक्रिय संक्रमित छन् । जसमध्‍ये ९ हजार ४०६ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने २७२ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *