थप २,४५४ काेराेना संक्रमणमुक्त, ४३७ संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २,४५४ काेराेना मुक्त भएका छन् । त्यस्तै साेही समयमा थप  ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएकाे छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ५४४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९१३ पुगेको छ भने ९ लाख ४८ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *