थप ६३९ जना काेराेना संक्रमित, ३ जनाकाे मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो । ६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, साेही अवधिमा थप ३ जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा एक हजार ६०० जन संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *