एमसीसीको विरोध गर्नेहरू सरकारमा बस्न मिल्दैन : डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने दलहरू सरकारमा बस्न नमिल्ने बताएका छन् । सत्तारूढ दलका नेता समेत रहेका अध्यक्ष डा. भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन सरकारमा बस्न मिल्दैन । सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो ।’ उनले  लेखेका छन् ।

उनको ट्वीट सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लक्षित देखिन्छ । सत्ता गठबन्धका नेता दाहाल र नेपालको पार्टी सरकारमा रहे पनि एमसीसीको विरोध गरिहरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *