साढे चार लाख मात्रा खोप बढी पाइयो, ५६ हजार खेर (प्रतिवेदन)

काठमाडौँ। कोभिड -१९ विरुद्धको खोप छानविन समितिले प्रतिवेदन बुझाएको छ । नेपालमा करिव २४ लाख खोपको मात्रा हराएको विवरण सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानविन समिति गठन गरेको थियो । समितिले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा साढे चार लाख बढि खोप भेटिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदन अनुसार नेपालले अहिलेसम्म चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरेकोमा तीन करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाएको छ । त्यस्तै सरकारसँग एक करोड २३ लाख ३७ हजार ६६५ मात्रा खोप मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले प्राप्त खोप र लगाएको संख्या अनुसार मौज्दात खोपको संख्या एक करोड १८ लाख ८२ हजार ३१० हुनुपर्नेमा सरकारसँग चार लाख ५५ हजार ३५५ मात्रा खोप बढि भेटिएको समितिले जनाएको छ ।

खोप बढी हुनुमा समान्यतया दश जनाका लागि पुग्ने भाइलको खोप ११ जनासम्मलाइ पुग्ने गरी लगाएको जस्ता कारण रहेको उल्लेख छ । साथै ५६ हजार ९०८ मात्रा खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *