एमसीसीबारे निर्णय लिन माओवादी केन्द्रको संसदीय दलको बैठक

२०७८ फागुन ४ गते

|फाइल तस्बिर|
काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आज संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले सिंहदरबारस्थित दलको कार्यालयमा बुधबार बिहान १० बजे बैठक बोलाएको हो ।
पार्टीका सांसद अमनलाल मोदीका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यस्तै संसद्अघि कार्य व्यवस्था समितिको बैठकबाट एमसीसीसम्बन्धी एजेण्डा तय हुन सक्ने बताइएको छ ।
प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा नै माओवादीको छलफल केन्द्रित हुने बुझिएको छ । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको हिजोको बैठकले एमसीसी नेपालको हितमा रहेको ठहर गर्दै संसद्मा टेबुल गर्ने तयारी गरेको छ । यस्तै आजै सत्तारुढ एकीकृत समाजवादीको पनि संसदीय दलको बैठक बस्दैछ ।

२०७८ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित