ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा समाहित हुँदै

२०७८ फागुन ३ गते

काठमाडौँ । ज्ञानेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समाहित हुने भएको छ । राप्रपाका प्रवक्ता मोहोन श्रेष्ठका अनु्सार शाहीको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान राप्रपामा समाहित हुन लागेको हो ।
श्रेष्ठले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान राप्रपामा समाहित हुने सहमति भइसकेको बताए । तर कहिले समाहित हुने भन्ने टुंगो लागि नसकेको उनले बताए । उनले हलको व्यवस्थापन भएलगतै समाहित हुने बताए ।

२०७८ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित