कांग्रेसका भ्रातृ संस्था विघटन

काठमाडौँ । नेपाली कांग्रेसले भ्रातृ संस्थाको कमिटी विघटन गरेको छ । मंगलबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको कांंग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाको कमिटी विघटन गरिएको हो ।

बैठकले म्याद सकिएका भ्रातृ संस्थाको कमिटी भंग गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एनपी साउदले बताए । उनका अनुसार महिला संघ, दलित संघ, तरुण दल, नेविसंघ र मुस्लिम संघ लगाएत अधिकांश भ्रातृ संस्थाको कमिटी भंग गरिएको हो ।

अधिकांश भ्रातृ संस्थाको महाधिवेशन हुन सकेको छैन । कांग्रेसका १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थाको महाधिवेशन हुन नसकेर म्याद सकिएको थियो । बैठकले भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको साउदले बताए ।

त्यस्तै बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महायोग लगाउने प्रस्ताव र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पेश गर्ने निर्णय पारित गरेको साउदले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *