थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार २ सय ७९ पिसिआर परिक्षणका क्रममा ४ सय ८२ जना र २ हजार ४ सय १७ एन्टीजेन परिक्षणका क्रममा २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय जनाको मृत्यु भएको छ । त्यस्तै थप २ हजार ३ सय १९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ४० हजार ९ सय २ जना निको भएका छन् ।

हाल नेपालमा २० हजार ७ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *