बालबालिकालाई आजदेखि फाइजर खाेप

काठमाडौँ । काठमाडौँमा सोमबारदेखि कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ । यसअघि फाइजर खोप लगाएका बालबालिकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

कार्यालयका अनुसार माघ २४ देखि फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो मात्रा खोप अभियान सञ्चालन हुन लागेको हो ।  यसअघि दुई लाख सात हजार जना १२ देखि १८ वर्षसम्मका बालबालिकाहरूले खोप लगाएकाले अब दोस्रो चरणको खोप पनि उनीहरूलाई लगाइने कार्यालयले जनाएको छ ।

गत पुस २७ गतेदेखि सञ्चालन भएको फाइजर खोप अभियानमा खोप लगाएका १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइनेछ । यसरी खोप लगाउनका लागि पहिलो पटक लगाएका खोपको कार्ड लिएर जानुपर्नेछ ।

सङ्क्रमित घट्दै केही दिनयता नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ३८६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *