पार्टीको एकता बलियो बनाउन एमाले अनुशासन आयोगको आग्रह

काठमाडौँ । नेकपा ९एमाले०को केन्द्रीय सल्लाहकार परिषद्ले पार्टीका विपक्षीहरुले फैलाएको भ्रम चिर्न पार्टीलाई राजनीतिक तथा वैचारिकरूपमा अझ सजग तथा सक्रिय बनाउन आग्रह गरेको छ । परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आज विज्ञप्ति जारी गरी पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्नेमा जोड दिएका हुन् ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले परिषद् गठन गरेको थियो । अध्यक्ष बोहराले एमालेले पार्टीलाई एकताबद्ध, गतिशील र सुदृढ बनाई सबैखाले अवसरवाद र अराजक प्रवृत्तिबाट मुक्त गर्दै खँदिलो एकताका साथ वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने बाटोमा दृढतापूर्वक लाग्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *