सिटामोल नपाएको भन्दै सर्वोच्चमा रिट (पूर्ण पाठ)

काठमाडौँ । अत्यावश्यक औषधि सिटामोल नपाएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । नुवाकोटको म्यगाङ गाउँपालिका ३ की सविया तामाङले सरकारलाई विपक्षी बनाएर रिट दर्ता गराएकी हुन् ।

रिटमा उत्प्रेषण आदेश माग गरिएको छ । ‘सिटामोलको चरम अभाव भई यथावत् आपूर्ति हुन नसकेको, कतिपय मानिसहरूले औषधीमा कमिसन खाने कालो बजारी गर्ने जस्ता सङ्क्रामक रोग ऐनविरुद्धका मानवता विरोधी कार्य गरेको भन्ने जस्ता विषयहरू पुष्टि हुन्छ,’ रिटमा भनिएको छ, ‘नेपालको संविधानको अनुसूची ६ मा स्वास्थ्य सेवा प्रदेशको अधिकार सुचीभित्र पर्दछ ।’

रिट निवेदनमा देशभर औषधिको सहज आपूर्तिको लागी विपक्षीको नाम सर्वोच्च अदालत नियमावली २०७४ नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । ‘देशभर पर्याप्त मात्रामा सहज आपूर्तिको लागी सिटामोल-पारासिटामोल विपक्षीको नाम सर्वोच्च अदालत नियमावली २०७४ नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी पाउँ,’ रिटमा अगाडि भनिएको छ । ‘पारासिटामोल चक्कीलाई कालो बजारी गर्ने, औषधि आपूर्तिलाई सहज आपूर्ति गर्ने अवरोध खडा गर्ने, औषधिका, थोक तथा खुद्रा फार्मेसीमा अनियमित गर्ने व्यक्तिहरूलाई कारबाही गरी सहज रूपमा पारासिटामोल उपलब्ध गराउनु भनी विपक्षीको नाममा परमादेश समेत जारी गरी पाउँ । यो रिट निवेदन कोभिड-१९ को महामारी समेतको विषय भएको हुँदा अग्राधिकार दिई रिटको सुनुवाइ गरी पाउँ ।’

हेर्नुहोस् रिट निवेदनको पूर्ण पाठ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *