टेकु अस्पतालमा खोप अभियान स्थगित

काठमाडौँ । स्वास्थ्यकर्मी कोभिड संक्रमित भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित गरिएको छ ।

अस्पतालका ५० जनाभन्दा धेरै चिकित्सकलगायत स्वास्थ्यकर्मी र कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको अस्पतालले जनाएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै अस्पतालले  सोमबारदेखि अर्को आइतबारसम्म एक हप्ताका लागि खोप अभियान स्थगित भएको जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *