सोमबार स्वदेश फर्कँदै वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन यही १० गते (सोमबार) स्वदेश फर्किने भएका छन् । चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका पुज सोमबार स्वदेश फर्किने भएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत आफू पूर्ण रूपमा स्वास्थ्य लाभ गरी स्वदेश फर्किन लागेको जानकारी दिएका छन् । गत असोजमा विश्वमा विरलै देखिने जन्डिस (बिलरुबिन)को मात्रा बढेपछि सुमेरु अस्पताल भर्ना गरिएको थियो । स्वदेशमा उपचार सम्भव नभएपछि थाइल्यान्ड लगिएको हो । त्यहाँसमेत उपचार सम्भव नभएपछि सेनजेन लगिएको हो ।

यसअघि पार्टीको आठौँ महाधिवेशनमा आउन खोजेपनि पूर्ण रूपमा निको नभएकाले रोकिएका थिए । उनी महाधिवेशनमा उपस्थित हुन नसकेपछि पार्टी पदाधिकारीले समेत पूर्णता पाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *