काठमाडौँमा एकै दिन ३ जनाको शव भेटियो

काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रबार तीन जनाको शव भेटिएको छ । बुढानीलकण्ठ नगरपालिका-२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका-१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेकै करिब ४५ वर्षीय अर्का पुरुष पनि काठमाडौँ-१९ मै मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *