२० दिनमा गण्डकीका २६८ स्वास्थ्यकर्मी संक्रमित

पोखरा । गण्डकीमा अधिकांश स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । पुस १७ गतेदेखि माघ ७ गतेसम्म २ सय ६८ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टी भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सबैभन्दा धेरै कास्कीका १ सय ३८ जना संक्रमित भएका छन् भने मनाङमा कोही संक्रमित छैनन् । मनाङ कोरोना संक्रमित नभएका गण्डकीको एक मात्रै जिल्ला हो । यसबाहेक तनहुँका ४२, लमजुङका २०, नवलपुरका १७, स्याङजाका १२, बागलुङका ११, पर्वतका १०, म्याग्दीका ९, गोरखाका ६ र मुस्ताङका ३ जनामा संक्रमण देखिएको छ ।

सबै संक्रमित होम आइसोलेसनमा रहेका र सबैको अवस्था सामान्य रहेको निर्देशनालयले जनाएको छ । अहिले पनि सबैभन्दा जोखिममा स्वास्थ्यकर्मी नै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *