भारतमा एकै दिन साढे तीन लाख काेराेना संक्रमित 

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित हुनेको संख्या दिनमै साढे तीन लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो संख्या तेस्रो लहरको  संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ ।

यसैबीच, दिल्लीमा सरकारले लगाउँदै आएको रात्रीकालीन कर्फ्यू हटाउने भएको छ । कोरोना संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ। पछिल्लो २४ घण्टामा साढे दुई लाख संक्रमित निको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *