अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

२०७८ माघ ७ गते

काठमाडौँ । अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई ३६ सय डलर जरिवाना गर्ने भएकाे छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुअरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् ।
सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विधेयक तल्लो सदनबाट पारित भइसकेको छ । माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिले हस्ताक्षर गरेपछि विधेयकले कानूनको रूप लिनेछ । खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ । त्यसका लागि सरकारले एक अर्ब ४० करोड डलर खर्च लाग्नेछ ।

२०७८ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित