कोशी कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने

विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरी सरकारले प्रवन्ध मिलाएको छ ।

सामाजिक विकास मन्त्री जयराम यादवले कोभिड अस्पतालमा अक्सिजनको अभाव हुन नदिन आज मन्त्रालयमा अक्सिजन आपूर्तिकर्ताहरुसँग छलफल गरेका छन् । आपूर्तिकर्ता उद्योगका प्रतिनिधिहरुले मन्त्री यादवसमक्ष कोभिड अस्पतालमा अक्सिजनको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री यादवले मारुती अक्सिजन इण्डस्ट्रिज, भाजुरत्न र विनायक अक्सिजन इण्डस्ट्रिजका प्रतिनिधिहरुसँग छलफल गरे । यादवले कोभिड अस्पतालमा अक्सिजनको आपूर्तिमा पहिले गरेको कार्यका लागि धन्यवाद दिदै आगामी दिनमा पनि सोही अनुसारको सेवा दिन आग्रह गरे ।

मन्त्री यादवसँगको छलफलमा भाजुरत्नका केदार श्रेष्ठ, मारुतीका विवेक अग्रवाल र विनायकका मनोज ढकाल सहभागी भएका थिए । आपूर्तिकर्ताहरुले अक्सिजनका खाली शिलिण्डरहरु समयमै उपलब्ध गराईदिनु पर्ने बताएका थिए । प्रदेश सरकारले कोभिड अस्पतालमा ७६ वेड विस्तार गरेको छ । यसअघि ९६ बेडको अस्पताल सञ्चालनमा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *