‘मास्क लगाऔं, कोरोना भगाऔं’ अभियान शुरु 

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोनाको हटस्पट बनेको छ । विगत केहीदिनदेखि बढेको कोरोनाको संक्रमणका कारण विरामी पर्नेको संख्या बढेपछि विराटनगरमा मास्क लगाऔँ अभियान शुरु गरिएको हो ।

कोभिड-१९ को बढ्दो  संक्रमण दरलाई मध्यनजर गरी उद्योग संगठन मोरङले बुधबारदेखि विराटनगरमा ‘मास्क लगाऔं, कोरोना भगाऔं’ अभियान शुरु गरेको हो ।

विराटनगरको ट्राफिक चोकबाट प्रारम्भ गरिएको मास्क वितरण अभियान विभिन्न भीड हुने स्थानहरुमा सात दिनसम्म चलाइने संगठनका अध्यक्ष सुवेशराज प्याकुरेलले जानकारी दिए । यस अभियानअन्तर्गत मास्क नलगाई हिड्ने मानिसहरुलाई नि:शुल्क मास्क प्रदान गरिने र मास्क लगाउन अभिप्ररित गरिने उनको भनाई छ ।

कोभिडको बढ्दो संक्रमणले जनजिवनलाई प्रभावित पार्नुका साथै अस्पतालहरुमा समेत संक्रमितको संख्या वृद्धि भई विरामीको चाप बढ्ने क्रममा रहेको अवस्थामा संक्रमण फैलिन नदिन मास्कको प्रयोगले सहयोग गर्ने संगठनले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *