कोभिड-१९ विरुद्धको खोप कार्ड हराएमा के गर्ने ?

काठमाडौं : यदि तपाई कोरोनाविरुद्धको खोप लगाएको कार्ड हराएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता नगर्नुहोस् ! तपाईंले खोप लगाएको कार्ड फेरि पनि बनाउन सक्नुहुन्छ ।

त्यसका लागि पहिला जुन केन्द्रमा खोप लगाएको हो सोही केन्द्र वा स्वास्थ्य शाखामा गएर खोप कार्डको प्रतिलिपि बनाउन सक्नुहुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना-१९ विरुद्धको खोप कार्ड हराएमा खोप लगाएको खोप केन्द्र वा स्वास्थ्य संस्था भएको पालिकाबाट प्रतिलिपि निकाल्न सकिने जनाएको छ ।

मन्त्रालयकाअनुसार दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिने सकिन्छ । यस्तै, जोन्सन एन्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिन्छ ।

यदि पहिलो मात्रा लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट सो कार्डको प्रतिलिपि लिन सकिन्छ । बढ्दो कोरोना संक्रमणका कारण नेपालमा सरकारले २०७८ माघ ७ गतेदेखि सार्वजनिक स्थल प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *