अबुधाबीमा भएका आतङ्कवादी हमलाको नेपालद्वारा निन्दा

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हो ।

व्यावसायिक एवं पर्यटन केन्द्रको राजधानी अबुधाबी विमानस्थल नजिक सोमबार भएको आतङ्कवादी आक्रमण इन्धन ट्रकमा हुँदा तीन जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.