अति आवश्यकलाई बाहेक राहदानी वितरण स्थगित

काठमाडौँ । कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएपछि राहदानी विभागले राहदानी वितरण स्थगित गरेको छ । कोरोना संक्रमण बढ्दै गएको र विभागका कार्मचारीलाई पनि कोरोना संक्रमण भएपछि तत्काललाई राहदानी वितरण स्थगित गरिएको हो ।

विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि स्थगित गरेको विभागले जनाएको छ । यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको विभागले बताएको छ । अवस्था सामान्य भएपछि सेवा सुचारु गरिने छ ।

विदेशमा उपचारका लागि जाने तथा अत्यन्त जरुरी परेको अवस्थामा राहदानीका लागि इमेल ([email protected]) अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध गर्नुपर्ने विभागको सूचनामा उल्लेख गरिएको छ ।

विभागकाअनुसार जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य जारी नै रहने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *