कोरोनाका कारण सर्वोच्चको सेवा कटौती

काठमाडौँ । सर्वोच्च अदालतले सेवा कटौती गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिस्ट्रार लगाएत ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि बुधबारदेखि माघ १८ गतेसम्मका लागि सेवा कटौती गरिएको हो ।

अब सर्वोच्चले ६ प्रकारका सेवा मात्रै दिनेछ । जसमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड-१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका निवेदनको सुनुवाइ हुनेछ । यस्तै मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी निवेदनको सुनुवाइ हुनेछ । फौजदारी मुद्दामा थुनुवामा रहेकाको मुद्दाको निवेदन र प्रतिवेदनमा पनि सुनुवाइ हुनेछ । अरु थुनुवा भएका मुद्दाको पनि सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।

यस्तै हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेको तर अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ हुनेछ । मुद्दारनिवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने काम नियमित हुने अदालतले उल्लेख गरेको छ ।

यस्तै उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणहरुको हकमा स्थानीय परिवेश हेरेर आवश्यक निर्णय लिने भनी सर्वोच्चले निर्णय गरेको छ । अदालतहरुमा अनावश्यक भिडभाड हुन नदिन आलोपालो मिलाई अदालतको काम गर्न सर्वोच्चले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *