उपत्यकाका धार्मिकस्थल दर्शन र पूजाआजामा रोक

काठमाडौँ । काठमाडौँ उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाइएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका   छन् ।

कोरोना संक्रमण बढ्दै गएपछि मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि माघ मसान्तसम्म रोक लगाएको बताइएको छ । यसअघि २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका भेला, सभा, सम्मेलनमा लगाइएको प्रतिबन्ध पनि माघ मसान्तसम्म जारी रहनेछ ।

जिल्ला प्रशासन कार्यालयले निकालेको विज्ञप्ति-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *