प्रधान मन्त्रीका स्वकीय सचिव भानुलाई कोरोना संक्रमण

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनलाई मंगलबार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराए । उनले आफूलाई कोरोना संक्रमण  भएको र प्रधानमन्त्रीको सचिवालयका अन्य कसैलाई पनि संक्रमण नभएको बताए ।

यसअघि प्रधान मन्त्री देउवाको सरकारी निवास बालुवाटारमा कार्यरत भान्से र देउवाको सुरक्षामा खटिने सुरक्षा अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्री देउवाको दुई पटक पीसीआर परिक्षण गरिए पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *