सरकारका प्रवक्ता भन्छन्ः

‘संघीयतालाई बलियो बनाउन सरकारले कुनै कसर बाँकी राख्दैन’

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार संघीयतालाई मजबुत बनाउन लागिपरेको बताएका छन् । मंगलबार प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा बसेको राजनीतिक समन्वय समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका कार्कीले यस्तो बताएका हुन् । ‘यो सरकारले स्थानीय निर्वाचन संविधानले तोकेकै समयमा गराउँछ,’ प्रवक्ता कार्कीले भने, ‘संघीयतालाई मजुबत बनाउने कुरामा यो सरकारले कुनै कसर बाँकी राख्दैन ।’

निर्वाचन आयोगसँग पुन एकपटक छलफल भएपछि स्थानीय निर्वाचनको मिति घोषणा हुने प्रवक्ता कार्कीले बताए । ‘निर्वाचन आयोगसँग छलफल भइरहेकै छ,’ प्रवक्ता कार्कीले भने, ‘अब पुनः एकपटक परामर्श भएपनि स्थानीय निर्वाचनको मिति तय हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *