अफगानिस्तानमा शक्तिशाली भूकम्प, २२ जनाको मृत्यु 

काठमाडौँ । अफगानिस्तानमा सोमबार गएको भूकम्पमा परी २२ जनाको मृत्यु भएको छ । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणको तथ्याङ्क अनुसार अफगानिस्तानको उत्तर पश्चिमी प्रान्त बाडघिस क्षेत्रमा केन्द्रबिन्दु बनाई लगातार ४.९ र ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले बाडघिसको ७ सयभन्दा बढी घर र अरू भौतिक संरचनामा क्षति पुगेको तथ्याङ्कमा उल्लेख गरिएको छ । सोमबार मध्यान्हमा पहिलो पटक र त्यसको दुई घण्टापछि फेरी अर्को पराकम्प गएको थियो ।  मानवीय क्षति हुनेमा महिला र बालबालिका बढी रहेको तथ्याङ्कले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *