सर्वोच्च अदालतका ३५ कर्मचारीलाई कोरोना संक्रमण, बाेलाइयाे पूर्ण बैठक

काठमाडौँ । सर्वाेच्च अदालतकाे पूर्ण बैठक बस्दैछ । कर्मचारीहरूलाई कोरोना संक्रमण भएपछि मंगलबार दिउँसाे २ बजेपछि बस्नेगरी पूर्ण बैठक बाेलाएकाे अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । प्रवक्ता दाहालकाअनुसार अदालतका ३५ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएकाे छ । यस्तै, अन्य ३० भन्दा बढी कर्मचारीहरूमा कोरोनाको लक्षण देखिएको छ ।

यसपछि अबका दिनमा कसरी अदालत प्रशासनलाई अघि बढाउने भन्नेबारे छलफल गर्न बैठक बाेलाइएकाे हाे । बैठकका लागि सबै न्यायाधीशहरूलाई पत्रचार गरिएकाे प्रवक्ता दाहालले बताए । उनकाअनुसार बैठक सेवा कटौतीको विषयमा केन्द्रित हुने छ । ‘साथीहरूमा काेराेना देखिएपछि अब कसरी सेवा अगाडि बढाउन सकिन्छ भन्नेलगायतका विषयमा छलफल हुनेछ । अब सेवा राेक्नैपर्ने अवस्था पनि हुनसक्छ,’ प्रवक्ता दाहालले मकालुखबरसँग भनेका छन् ।

न्यायाधीशहरूकाे विरोधका कारण पूर्ण बैठकमा प्रधान न्यायधीश चोलेन्द्रशमशेर जबरा भने उपस्थित हुने छैनन् । न्यायाधीशहरूको बैठक बसेर निर्णय गरेपछि अन्तिममा प्रधान न्यायाधीश जबराले हस्ताक्षर गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *