भारतमा दैनिक संक्रमितको संख्या घट्दै, पछिल्लो २४ घण्टामा कति थपिए ?

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या घटिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३८ हजार १८ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ३१० जनाको मृत्यु भएको छ ।

मंगलबार अघिल्लो दिनको तुलनामा २० हजार संक्रमित कम भएका छन् । यस अघि सोमबार अघिल्लो दिनको तुलनामा १३ हजार संक्रमित कम भएका थिए । भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १६.६६ प्रतिशत रहेको छ ।

त्यस्तै भारतमा एकै दिन एक लाख ५७ हजार ४२१ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका केसहरू पनि बढिरहेका छन् । अहिलेसम्म भारतका २७ राज्यमा ओमिक्रोन भेरिएन्टका ८८९१ केसहरू रिपोर्ट गरिएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या १७ लाख नाघेको छ । अहिले भारतमा १७ लाख ३६ हजार ६२८ कोरोनाका सक्रिय केस रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ८६ हजार ७६१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *