परीक्षण गरिएकामध्ये ३८ प्रतिशतलाई कोरोना संक्रमण

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको दर निरन्तर बढ्दै गएको छ । सोमबार सरकारले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणमा ६ हजार ७३४ जनामा संक्रमण देखिएको छ । यो जम्मा परीक्षणको २८ दशमलव ५५ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको परीक्षण गरिएको थियो । यसअघि आइतबार परीक्षण गरिएकामध्ये ३२ दशमलव ८ र शनिबार ३१ दशमलव ८ प्रतिशतमा कोरोना संक्रमण भएको पाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *