देउवा-प्रचण्डबीच भेटवार्ता : स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने सहमति

मंगलबार राजनीतिक समन्वय समितकाे बैठक

काठमाडोँ । नेपाली कांग्रेसका सभापति तथा प्रधान मन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सोमबार प्रधान मन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको प्रधान मन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको बताइएको छ ।  संवैधानिक व्यवस्थाअनुसार तीनै तहको निर्वाचन समयमा नै गर्ने सहमति पनि भएको छ ।

यस्तै मंगलबार बिहान नौ बजे उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने र समितिको सुझावअनुसार स्थानीय तहको चुनावको मिति तोक्ने पनि सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *