२९ वटा डमरु जन्माएकी ‘सुपर मम’को मृत्यु

काठमाडौँ । सबैभन्दा बढी पटक तस्बिर खिचिएको बाघको परिचय बनाएको ‘कलरवाली’को १७ वर्षको उमेरमा मृत्यु भएको छ । भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भमा रहेको यो बाघको कालगतीले मृत्यु भएको टाइगर रिजर्भलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उसलाई श्रद्धाञ्जली दिन सयौं मानिस भेलाभएका थिए । कलरवाली अन्तिम पटक जनवरी १४ मा देखिएको रिजर्भले जनाएको छ ।

सन् २००८ देखि २०१८ सम्म ८ बेतमा २९ वटा डमरु जन्माएकी यो बघिनीलाई बाघ बढाउन महत्वपूर्ण योगदान पुर्‍याएकोमा ‘सुपर मम’ पनि भन्ने गरिन्थ्यो । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि कलरवालीलाई श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *