भारतमा एकैदिन थपिए साढे २ लाख सङ्क्रमित, ३८५ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहर शुरु भएको छ । हरेक दिन कोरोनाको सङ्क्रमण फेरी बढेपछि तेस्रो लहर शुरु भएको विज्ञहरूले बताएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा ​​कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३८५ जनाको मृत्यु भएको छ । आज सङ्क्रमितको सङ्ख्या आइतबारको तुलनामा १३ हजार कम देखिएको छ ।

भारतमा दैनिक सङ्क्रमित दर परीक्षण गरिएको सङ्ख्याको १६.६६ प्रतिशत रहेको छ । त्यस्तै भारतमा एकै दिन एक लाख ५१ हजार ७४० जना कोरोना सङ्क्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका केसहरू पनि बढिरहेका छन् । अहिलेसम्म भारतका २७ राज्यमा ओमिक्रोन भेरिएन्टका ८२०९ केसहरू रिपोर्ट गरिएको मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा सक्रिय कोरोना सङ्क्रमितको कुल सङ्ख्या १६ लाख नाघेको छ । अहिले भारतमा १६ लाख ५६ हजार ३४१ कोरोनाका सक्रिय केस रहेका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट कूल ४ लाख ८६ हजार ४५१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *