सङ्क्रमण बढेपछि नयाँ प्रतिबन्ध, के-के गर्न पाइँदैन ?

काठमाडौँ । सरकारले कोरोनाभाइरसको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै देशैभर थप प्रतिबन्ध बढाएको छ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्ले ३६ बुँदे नयाँ आदेश जारी गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐनले दिएको अधिकार प्रयोग गर्दै विभिन्न क्षेत्रहरू बन्द वा नियमन गर्ने आदेश जारी गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरहरू, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाउने लगायतका निर्णय भएको प्रवक्ता कार्कीको भनाइ छ ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने भनिएको छ । धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा ५० जनाभन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्ने भनिएको छ ।

यस्तो छ कोरोना रोकथामका लागि सरकारको ३६ बुँदे आदेश :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *