भारतमा एकैदिन २ लाख ६८ हजार संक्रमित, ४०२ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहर शुरु भएको छ । हरेक दिन कोरोनाको संक्रमण फेरी बढेपछि तेस्रो लहर शुरु भएको विज्ञहरुले बताएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार ८३३ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ४०२ जनाको मृत्यु भएको छ । भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १६.६६ प्रतिशत रहेको छ ।

त्यस्तै भारतमा एकै दिन एक लाख २२ हजार ६८४ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका केसहरू पनि बढिरहेका छन् । अहिलेसम्म भारतका २७ राज्यमा ओमिक्रोन भेरिएन्टका ६०४१ केसहरू रिपोर्ट गरिएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या १४ लाख नाघेको छ । अहिले भारतमा १४ लाख १७ हजार ८२० कोरोनाका सक्रिय केस रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ८५ हजार ७५२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *